सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिनेभएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नुनपर्ने हो । त्यसरी कारवाही गर्नुनपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयानलिने काम आज सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका बोलाइएको छ ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । सोहीआधारमा  यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार फोहोर उठ्दैन- बालेन

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने चार दलका नेताहरुबीच सहमति

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस(सूचीसहित)

मधेस प्रदेशका चार जिल्लाको नेपाल–भारत सीमा नाका तीन दिन बन्द

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो