सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चारवटा संसदीय समितिको बैठक बस्दै

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिन सभामुखले प्रधानमन्त्रीलाई दिए समय

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधिसभा बैठक शुरु: प्रतिपक्ष दलद्वारा सदनमा अवरोध

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

राष्ट्रिय सभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची