सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता कर्म गरिरहँदा सहादत प्राप्त गर्नुभएका पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“विभिन्न राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । देशमा निरङ्कुशतन्त्रलाई हटाएर लोकतन्त्र स्थापनामा प्रेसजगत्ले निर्वाह गरेको भूमिका उच्च रहेको छ । नेपाली जनताले संविधानसभाबाट निर्माण गरेको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ”, सन्देशमा राष्ट्रियसभाका अध्यक्षले भन्नुभएको छ ।

राज्यले सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन एवं विकासका निम्ति आवश्यक नीति तथा ऐन कानुन निर्माण गर्न जरुरी भएको तथा प्रेस स्वतन्त्रता दिवस सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धता स्मरण गराउने र सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूले व्यावसायिक आचारसंहिता पालनामा प्रतिबद्ध रहने दिनका रूपमा लिनुपर्ने उहाँले बताउनुभएको छ ।

प्रेस स्वतन्त्रताबिना सुदृढ र उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन भन्ने विषयलाई मनन गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसले हामी सबैलाई नागरिक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहन एवं नेपाल र नेपाली जनताको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल