सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले, कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग यस्तो अवस्था देखिएको हो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर वक्यौता तिर्न पत्र दियो ।

महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरुको व्यवस्था गरिएको छ । एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को केन्द्रमा राजस्व विभाग स्तरको टोली । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरुलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले यसैबमोजिम कर बुझाउन आग्रह गरे ।
अनुगमनका क्रममा वहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करि ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन् ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बिचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनु पर्छ । अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान