सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।

दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या देखिने गरेको उहाँको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो सङ्ख्या दैनिक आउने बिरामीको दोब्बर सङ्ख्या हो ।

गर्मीको समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरुले होसियारी अपनाउनुपर्ने उहाँको सुझाव छ । सोही अस्पतालका बाल रोग विशेषज्ञ डा सुनिल अधिकारीले अन्य समयभन्दा गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या हुने बताउनुभयो ।

गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने पनि उहाँको भनाइ छ । अधिक गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्न उहाँ सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हँुदैन, यसतर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्छ ।”

दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा गर्मी बढेपछि बिरामी भई उपचार गर्न आउनेको सङ्ख्या बढेको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताउनुभयो । यस अस्पतालमा अहिले दमकसहित दक्षिणी इलाम र पाँचथरका बिरामी स्वास्थ्य बिमासहितको उपचार गर्न आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार दमक अस्पतालमा दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग सेवामा जाँच गर्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग