सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनुभएको छ । भारतका प्रधानन्यायाधीश डाचन्द्राच्युडसहितको प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको हो । भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबर साँझ नेपालका प्रधान न्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ । नेपालका प्रधान न्यायाधीशले भारतको प्रधान न्यायाधीशको सम्मानमा भोलि शनिबार रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा भारतका प्रधान न्यायाधीशसहित उहाँकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहनुभएको छ । उक्त उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल