सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।

अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवम् ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाइने बताउनुभयो ।  सरकारले उत्पादन र रोजगारीवृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा रहेका थुप्रै खनिज तथा खानी उत्खनन गर्न मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो ।

त्यसैगरी चालु आवमा पूँजीगत बजेट खर्च बढाउन नसक्दा त्यसले मुलुकलाई समृद्धिको लक्ष्यमा अगाडि बढाउन केही समस्या भएको उहाँको भनाइ थियो । “विविध कारणले पूँजीगत खर्च बढाउन सकिएको छैन । त्यसले समृद्धिको यात्रामा असर गरेको हामीले महसुस गरेका छौँ”, मन्त्री भण्डारीले भन्नुभयो,“आगामी दिनमा थप सुधार हुने अपेक्षासहित हामीले काम गरिरहेका छौँ ।”

सरकार न्यूनतम साझा कार्यक्रमको भावनाअनुसार अगाडि बढिरहेकाले पछिल्लो सयम आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको पनि उहाँको भनाइ छ ।  आगामी आर्थिक वर्षलाई सम्भावनाको वर्षका रूमा अगाडि बढाउन सरकारले निराशा चिरेर आशा जगाउने काम गर्ने र नेपाली माटोमै सम्भावनाको खोजी गर्नेसमेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ र स्वदेशी वस्तु उपभोग गर्ने नीति अगाडि सार्नुपर्छ भन्नेमा काम भइरहेकाले सोसम्बन्धी नीति चाँडै ल्याउने छौँ ।”

मन्त्री भण्डारीले सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछामको विकासमा उद्योग मन्त्रालयले विशेष ध्यान दिने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल