सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेकाले अव अवस्था बदल्न लाग्नुपर्ने  बताउनुभयो ।  “विगतमा आन्दोलनको समय थियो । त्यतिबेला हरेकलाई आन्दोलनमा हिँडायौँ तर आज त्यो अवस्था छैन । त्यसैले अब विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हकअधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ”, उहाँले भन्नुभयो ।

त्यस्तै, नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा (एमाले)को काँधमा आएको भन्दै उहाँले यो अभियानमा लामबद्ध हुन जरूरी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हामी जनताको सेवाका लागि राजनीति गरिरहेका छौँ । त्यसैले पार्टीले सुरूगरेको अभियानलाई गन्तव्यमा पुर्याउन नगर÷गाउँ कमिटीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत्, सञ्चार, पर्यटनलगायत क्षेत्रको विकासका लागि योगदान गर्नुपर्छ । त्यसका लागि व्यक्तिगत स्वार्थभन्दामाथि उठेर जनताका काममा जुट्न म आग्रह गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल