सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्राफिक सचेतनामा महानायक हमाल

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ। साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो।

खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको डाइलगले निकै चर्चा बटुलिरहेको हो। क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बसेडर बनेसँगै महानायक हमालले पहिलो काम जेब्रा क्रसमा पेलेर सवारी चलाउनेहरूलाई सावधानी अपनाउन भन्दै जनचेतना फैलाउने उद्देश्य स्वरुप भिडियोमा अभिनय गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए। अभिनेता हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने कँडेल बताउँछन्।

भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा उत्साहित हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको दृश्य भिडियोमा देख्न सकिन्छ। एक मिनेट लामो भिडियोमा हमालले विदेशमा गएर आर्जन गरेको सीप र त्यहाँ सिकेका जानकारीमुलक कुराहरू आफ्नै देशमा फर्किएर परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

चर्चित म्युजिक भिडियो निर्देशक देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियो एक मिनेट लामो रहेको छ। जसमा हमालसँगै मोडल सिम्रन पन्तको अभिनय देख्न सकिन्छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफू विश्वस्त रहेको निर्देशक पाण्डेले हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेका छन्। जुन भिडियो यो समाचार तयार पार्दासम्म साडे पाँच लाख दर्शकले हेरिसकेका छन्।

जसबाट निकै नै सकारात्मक प्रतिक्रिया आएको गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मीले बताए। अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ।

सामाजिक उत्तरदायित्व अन्तर्गत तयार गरिएको भिडियो ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन्। महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार फोहोर उठ्दैन- बालेन

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने चार दलका नेताहरुबीच सहमति

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस(सूचीसहित)

मधेस प्रदेशका चार जिल्लाको नेपाल–भारत सीमा नाका तीन दिन बन्द

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो