सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकले घर–घरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन् ।

“उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन्”, सभापति सम्झनाले भन्नुभयो ।

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ । केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ । गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग