सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अछाम कारागारमा रहेका ९० जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। मङ्गलसेन नगरपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा ६ जना महिला र दुई जना बालकको निःशुल्क आँखा परीक्षण गरिएको हो।

परीक्षण गरिएका मध्येमा दुई जनाको आँखाको अप्रेसन गर्नुपर्ने अवस्था फेला परेको नेत्रज्योति अछामका अध्यक्ष शङ्करबहादुर रावलले जानकारी दिनुभयो।

आँखा परीक्षण गरिएकोमा उमेर अनुसार नजिकको पावर कम, मासु पलाएको, आँखा पाकेको, मौसम अनुसार आँखाको एलर्जी र न्यून दृष्टि भएको पाइएको बताइएको छ।

आँखामा समस्या भएका ५० जनालाई चस्मा र औषधी निःशुल्क वितरण गरिएको छ। आँखा परीक्षणका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष विक, कारागार कार्यालय प्रमुख इन्द्र बहादुर चौधरी, कारागार कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

सेनाको स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो: उपराष्ट्रपति यादव

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

सात हजार सात सय १३ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग