सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पेमेन्ट गेटवे प्रकरण : पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा भ्रष्टाचार ठहर गरेको छ । साथै पौडेललाई नौ वर्ष कैद र रु २३ करोड २७ लाख ५८ हजार ७७ जरिवाना हुने गरी सजाय निर्धारण गरेको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त प्रकरणमा सजाय निर्धारण गरेको हो । अदालतले यही वैशाख ७ मा पौडेललाई दोषी ठहर गरेको थियो । सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए । अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर रु २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो ।

सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मरासिनी रहनुभएको छ ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायकले सफाइ पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशका विषयगत समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार फोहोर उठ्दैन- बालेन

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने चार दलका नेताहरुबीच सहमति

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस(सूचीसहित)

मधेस प्रदेशका चार जिल्लाको नेपाल–भारत सीमा नाका तीन दिन बन्द

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो