सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो । त्यसमा विद्यार्थी एवं शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धि तालिम गराइएको थियो ।

कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले दुई दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवं एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिनुभएको थियो । तालिमको अन्तिम दिन विद्यार्थीहरुले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए ।

नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरुले ढोग र छात्राहरुले नमस्कारले सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले पछिल्लो समय विद्यालय परिवार शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताउनुभयो । “तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ”, प्रधानाध्यापक खत्रीले भन्नुभयो, “सबै कक्षामा शत्प्रतिशत नजिता ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।” शिक्षकले मात्र विद्यालयको गुणस्तर सुधार्न नसकिने भएकाले अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई थप जिम्मेवारी बनाउन उत्प्रेरणा तालिमको आयोजना गरिएको प्रधानाध्यापक खत्रीले बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । आफूहरु सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै त्यसमा पालुखा माविले अग्रता देखाएकामा विद्यालयलाई धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ