सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी: राष्ट्रपति

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । पुँजी पहुँचमा लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पुर्‍याउनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो ।

“गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्न अति आवश्यक रहेको राष्ट्रपतिको भनाइ छ ।

प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन, परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नसमेत सघाउ पु¥याउने बताउँदै राष्ट्रपति पौडेलले स्थानीय श्रम, सिप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने धारणा राख्नुभयो ।

नेपाली सिप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवर्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्ने उहाँको भनाइ छ  ।

मुलुकमा उत्पादित वस्तुको प्रवर्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि आवश्यक संरचना र स्थान उपलब्ध गराउन बेलैमा ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्धनमा विशेष कार्यक्रम आवश्यक रहेको बताउँदै राष्ट्रपति पौडेलले महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महìव दिनुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवर्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताउनुभएको छ । बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।

देशमा लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवर्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै खाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पुँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिन उहाँको भनाइ छ ।

नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्घले महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्धनका लागि हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने मन्त्री भण्डारीको भनाइ थियो ।

स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि महासङ्घले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग जस्ता अभियान सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा सरकारको सहयोग रहनेमा जोड दिनुभयो ।

महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई अझै प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले महिला तथा जनजातिलाई आर्थिक एवं औद्योगिक क्षेत्रमा समाहित गराउन कर छुटसहित विशेष प्याकेज कार्यक्रमको व्यवस्था आगामी बजेटमा गरिने बताउनुभयो । सो अवसरमा श्रम रोजगारी तथा सामाजिक विकासमन्त्री डोरप्रसाद अर्यालले साना मझौला उद्योगबाट मुलुकमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलकभरि छरिएर रहेका लघु घरेलु उद्योगको प्रवर्धन गर्न उद्देश्यका साथै मेला सुरु गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा काठ, ढुङ्गा, धातु कला, सेरामिक्सका भाँडाकुँडाहरू बाँस, बेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पस्मिनाका वस्तु तथा अन्य उनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेसाद्वारा उत्पादित वस्तुहरू राखिएको छ । नवीनतम् प्रविधिहरू, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक सङ्घसंस्था, वैकल्पिक/नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तु प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको छ । २५० वटा स्टल रहेको मेला दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको । मेला आगामी ३० गतेसम्म सञ्चालन हुने छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार