सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुरानै अडानमा कांग्रेस

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा असंवैधानिक रूपमा सरकार गठन गरिएको ठहर गरेको छ। सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले त्यसविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ लड्ने निष्कर्षसमेत निकालेको छ।

सत्तारुढ राजनीतिक दलले संवैधानिक व्यवस्थाको अपव्याख्या गर्दा कोसी र सुदूरपश्चिम प्रदेश सरकार पनि अन्योलमा रहेको कांग्रेसको ठहर छ।

असंवैधानिक र अराजनीतिक ढंगबाट सत्तारुढ राजनीतिक दलअघि बढ्दा संवैधानिक प्रक्रिया र व्यवस्थामाथि नै प्रहार हुन थालेको कांग्रेस बुझाइ छ। त्यसका लागि एउटा प्रदेश विशेषलाई मात्र केन्द्रमा राखेर छलफल र निष्कर्ष निकाल्न नहुने भन्दै कांग्रेस नेताहरूले संवैधानिक व्यवस्थाका पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन्।

सत्तामा टिक्न राजनीतिक दल विभाजन गर्न निर्वाचन आयोगलाई पनि उपयोग गरेको कांग्रेस नेताहरूको आरोप छ। ‘सत्ताका लागि सत्तारुढ राजनीतिक दलले निर्वाचन आयोगसहित अंगहरूलाई प्रयोग गर्न थालेको देखिएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यसविरुद्ध कांग्रेसले राजनीतिक र संवैधानिक लडाइँ लड्नेछ।’

गण्डकी प्रदेश सरकार गठनकै सन्दर्भमा सर्वोच्चको आदेशप्रति पनि कांग्रेसले असन्तुष्टि जनाएको छ। ५० प्रतिशतलाई बहुमत मान्ने गरी सर्वोच्चबाट आदेश भएको थियो।

बैठकपछि कांग्रेस उपसभापति धनराज गुरुङले गण्डकी प्रदेशमा सरकार गठनका क्रममा असंवैधानिक कदम चालिएको आरोप लगाए। संविधानमाथि कोही नहुने धारणा राख्दै उनले भने, ‘संविधानको कसैले पनि अपव्याख्या गर्न पाइँदैन। व्याख्याकारले अपव्याख्या गर्न पाइँदैन। गण्डकीबारे हामी गम्भीर छौं। न्याय खोज्न न्यायालय नै जाने हो।’

सत्ता जोगाउन सरकारमा रहेका दलहरूले केन्द्र र सुदूरपश्चिममा पार्टी विभाजनजस्ता गतल कार्य गर्न थालेको निष्कर्ष निकाल्दै कांग्रेसले कोसी र सुदूरपश्चिमसहित प्रदेश सरकार गठनका विषयमा एकै ठाउँमा राखेर हेर्ने निष्कर्ष निकालेको छ।

तर कोसी प्रदेशसभामा अल्पमतमा पर्ने प्रस्ट भए पनि कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने वा राजीनामा गर्न आनाकानी गरिरहेका छन्।

संविधानको धारा १६८को ५ अनुसार मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका कार्कीले यसअघि नै विश्वासको मत लिएको र पुनः विश्वासको मत लिनु नपर्ने जिकिर गर्दै आएका छन्। नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार