सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।

करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले जानकारी दिनुभयो ।

उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।

पौडेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन् ।

अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा एक÷दुई सयका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्दछन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगँैचासमेत स्थापना गरिएको छ । दुई सय बढी लोपोन्मुख चिनारीसहितको सङ्ग्राहलयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्यस्थलको रूपमा परिचित हुँदैछ ।

विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपुर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ