सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुग्नु भएको छ ।

स्रोतका अनुसार भ्रमणको क्रममा दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् ।

भारतीय विदेश मन्त्रालयले पनि एक्समा उहाँको आगमनको विवरण सार्वजनिक गरेको छ । “माल्दिभ्सका विदेश मन्त्री मूसा जमीरलाई भारतको औपचारिक भ्रमणमा हार्दिक स्वागत छ ।”

स्रोतका अनुसार माल्दिभ्सका विदेशमन्त्रीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी आपसी हितका द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्नु हुनेछ । नयाँदिल्ली भ्रमणको क्रममा विदेश मन्त्री जमीरले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटवार्ता गर्नुहुनेछ । “माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख समुद्री छिमेकी हो र विदेश मन्त्री जमीरको भ्रमणले दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप गति दिने अपेक्षा गरिएको छ,” भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले मे १० अघि नै माल्दिभ्सबाट आफ्ना सैन्य कर्मचारीहरू फिर्ता गर्ने बताएको छ । गत मे ३ मा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए ।

यसअघि, राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतलाई मालेबाट आफ्नो सेना फिर्ता लिन अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । जसमा विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार आगामी जुन÷जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ ।

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टर सहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह