सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपनिर्वाचनमा बझाङ- १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विहिबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिन सभामुखले प्रधानमन्त्रीलाई दिए समय

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधिसभा बैठक शुरु: प्रतिपक्ष दलद्वारा सदनमा अवरोध

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

राष्ट्रिय सभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची