काठमाण्डौः पहिचानवादी मोर्चा घोषणा भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा विभाजित हुँदा तटस्थ रहेका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिचानवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चाको संयोजकमा डा. महेन्द्र लावती छन् भने मोर्चामा खगेन्द्र माखिमलगायत रहनेछन् ।
नेता माखिमले जसपाको खास धार आफूहरू रहेको दाबी गरे । जसपाको मूल सिद्धान्त पहिचान भएको उल्लेख गर्दै भन्, “पार्टीको मूल सिद्धान्त, उद्देश्य नै छुट्यो । जसपाको खास सिद्धान्त भनेको पहिचान हो । पार्टीको मूल आन्दोलन छुट्यो, त्यसैले जसपाको खास धार हामी हौँ ।”
यससँगै जसपा नेपाल तीन फ्याक बनेको छ । सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले ‘जनता समाजवादी पार्टी’ गठन गरिसकेका छन् ।