सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इनरुवाका प्रत्येक विद्यालयमा बाल क्लब

२०८१ बैसाख २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लब गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा सबै वडामा बाल क्लब गठनको अभियान चलाएको हो ।

वडा, विद्यालय तथा गाउँ टोलमा बाल क्लब गठन गर्दा १० वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई समेट्दै आएको छ । समुदायमा गठन भएका बाल क्लबलाई समुदायमा आधारित बाल क्लब, विद्यालयमा गठन भएको बाल क्लबलाई विद्यालयमा आधारित, टोल, बस्ती, वडाभित्र बाल क्लब गठन गर्ने काम जारी राखेको शाखाकी सरस्वती ढुगांनाले जानकारी दिनुभयो । बिहीबार मात्रै इनरुवा नगरपालिका वडा नम्बर–२ मा रहेको पारिजात पब्लिक स्कुल र इनरुवा ३ को आवर इगिंल बोर्डिङ स्कुलमा विद्यालय स्तरीय बाल क्लब गठन गरिएको छ ।

पारिजात बाल क्लब अम्बिका यादवको अध्यक्षतामा २५ सदस्य रहेको बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा रोहित साह, सचिवमा सुमित पण्डित, सहसचिवमा एनजी राना मगर र कोषाध्यक्षमा नजिम आलम चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सिद्धान्त यादव, जेनिसा चौधरी, अजय शर्मा, आरती मेहता, सनिषा चौधरी, सृजना मण्डल, अनुष उराँव, उमर फारुक, उषा सुतिहार इसा उराँव, लक्ष्मी खत्वे चयन भएका छन् । त्यस्तै सदस्यहरूमै मनिष मेहता, प्रिन्स पण्डित, नीरज उराँव, विवेक मेहता, आशिष् साह, नितेश यादव, इक्राम अलि, अस्फाक आलम, अजय साह लगायतका चयन भएका संरक्षण शिक्षक इन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । बालबालिकाका क्षेत्रमा भएका समस्या आफैँले पहिचान र समाधान गर्न सकुन् भन्ने उद्देश्यसहित वडा वडामा र विद्यालयहरूमा बाल क्लब गठन गर्न सुरु गरिएको ढुगांनाले जानकारी दिनुभयो ।

नगरपालिका कार्यालयले हरेक वर्ष बाल क्लब गठन गर्दै आएको छ । यसरी गठन भएका बाल क्लबहरूले समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्ने बताइएको छ । विद्यालय, गाउँ तथा टोल स्तरीय बाल क्लब गठन गरिसकेपछि वडाभरिका प्रत्येक टोल टोलमा बालबालिकाको क्षेत्रमा बाल क्लबहरूले नेतृत्व गर्ने जानकारी दिएको छ । बाल क्लब गठन अभियानको नेतृत्व ढुङ्गानाले नै गरिरहनुभएको छ ।

उता सेन्टमेरिज स्कुलमा केशव साहको अध्यक्षतामा २३ सदस्य सेन्टमेरिज बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा रेनु साह, सचिवमा नारगिस खान, सहसचिवमा शोभा कुमारी यादव, कोषाध्यक्षमा प्रत्युस देव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा समीक्षा मेहता, आयुष मेहता, निकी साह, कृष्ण साह, युदुषी मेहता, सकिब आलम, स्नेता साह, तुलसी साह, विराट साह, अमन यादव, जीवन यादव,सुजित यादव, भूमिका पण्डित र पन साह चयन भएका छन् ।

त्यसैगरी कोशी पब्लिक एकेडेमी स्कुलमा विशाल उराँवको अध्यक्षतामा २३ सदस्य कोशी पब्लिक  बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा अंकिता यादव, सचिवमा रोनक  मेहता, सहसचिवमा नेहारिका अख्तर, कोषाध्यक्षमा आकृति मेहता चयन भएका छन् ।

ढुङ्गानाका अनुसार यसअघि आवल इग्लिस बोर्डिङ स्कुल, सेन्टमेरिज स्कुल, इनरुवा स्कुल, कोशी पब्लिक एकेडेमी, बालमन्दिर मावि सहितका विद्यालयमा बाल क्लब गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ