सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दिक्तेल बहुमुखी क्याम्पस र सोङ्गोक विश्वविद्यालयबीच सहकार्य हुने

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खोटाङको दिक्तेल बहुमुखी क्याम्पस र दक्षिण कोरियाको सोङ्गोक विश्वविद्यालयबीच उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी आदानप्रदान गर्ने समझदारी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको समन्वयमा क्याम्पस र विश्वविद्यालयबीच बिहीबार समझदारी भएको हो ।

शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि दिक्तेल बहुमुखी क्याम्पस र सोङ्गोक विश्वविद्यालयबीच शिक्षा क्षेत्रको अनुभव आदानप्रदान गर्ने, दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा–१२ उत्तीर्ण गरेका विद्यार्थी सोङ्गोक विश्वविद्यालयमा गएर अध्ययन गर्न चाहेको खण्डमा क्याम्पसको सिफारिसमा सोङ्गोक विश्वविद्यालयले भर्ना गर्ने, क्याम्पसको सिफारिसमा परेका विद्यार्थीले कोरियन भाषा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्ने, खोटाङ र दक्षिण कोरियाबीच कला, साहित्य र संस्कृति आदानप्रदान गर्नेसमेत समझदारीपत्रमा उल्लेख छ । आठवटा बुँदामा सहमति गरिएको समझदारीपत्रमा आगामी दिनमा दुवै पक्षको आपसी सहमतिमा अन्य क्रियाकलाप विस्तार गर्दै जाने उल्लेख गरिएको छ ।

समझदारीपत्रमा दिक्तेल बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राई र सोङ्गोक विश्वविद्यालयका तर्फबाट महासचिव डा. जीन सेउब चोईले हस्ताक्षर गर्नुभएको छ । दिक्तेलस्थित नगरपालिकाको कार्यालयमा भएको समझदारीमा नगर प्रमुख तीर्थराज भट्टराईले साक्षीको रुपमा हस्ताक्षर गर्नुभएको छ । दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेपछि सोङ्गोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पससँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताउनुभयो । समझदारीका लागि महासचिव डा. चोईसँगै नोग्योप विश्वविद्यालयका निर्देशक डा. ली साङ जोनसमेत दिक्तेल आउनुभएको थियो ।

समझदारीपत्र आदानप्रदानपछि सोङ्गोक विश्वविद्यालयका महासचिव डा. चोईले दिक्तेल बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष राईलाई सोङ्गोक विश्वविद्यालयको लोगो (चिन्ह) समेत प्रदान गर्नुभएको छ । कार्यक्रममा नगरपालिका र क्याम्पसले दक्षिण कोरियाली दुवै प्राध्यापकलाई फूलमालाले स्वागत गरेका थिए ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख भट्टराई, वडाध्यक्षहरु, क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यापकलगायतको सहभागिता रहेको थियो । दुई पक्षबीच अन्तरक्रियासमेत गरिएको कार्यक्रमका वक्ताले दक्षिण कोरियाको सोङ्गोक विश्वविद्यालयसँगको समझदारीले दुई देशबीचको सम्बन्ध सुधारसँगै विकास÷निर्माणमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट गुणस्तर सुनिश्चितता मापदण्ड (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस–१९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा शुरु गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन÷अध्यापन हुँदै आएको छ । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पसमा करिब ७०० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ