सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहटमा लाखौं मूल्यको एकदर्जन सुँगुर चोरी

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ।

गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी लागेका हुन्। श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो।

आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुर्इवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्।

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन्।चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

बैतडीमा एक पुरुषको शव फेला

नरभक्षी बाघ मर्‍यो

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने