सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चुनावी प्रचारप्रसार तीव्र भइरहँदा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको हो ।

फैसला सुनाउँदै अदालतले एक जुनसम्मको लागि उनलाई अन्तरिम जमानत दिएको छ । जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो ।

ईडीले चार्ज शिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो । ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।

रक्सी घोटालामा ईडीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । केही समय अघि सञ्ज सिंहलाई पनि जमानत दिइएको थियो । के कविताको जमानत मामिलामा सर्वोच्च अदालतले इडीलाई नोटिस जारी गर्दै २ हप्तामा जवाफ दिन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह