सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।

पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडालगायतका देशहमा पठाइदिनेभन्दै विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजात लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका प्रहरीद्ये जनाएको छ।

उनीहरूले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्‍याएका थिए। पक्राउ परेकाहलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सुन लुटपाट गर्ने दुई पक्राउ

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रहरी जवान हत्या प्रकरण: ६ जना पक्राउ

इरानमा दुई महिलासहित सात जनालाई फाँसी