सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले देश बनाउने मुख्य अभिभारा बोकेर हिँडेको छ : शंकर पोख्रेल

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताएका छन् । नेकपा (एमाले) तनहुँको आज आयोजित दसौँ अधिवेशनको उद्घाटन गर्दै उनले समाजलाई बदल्ने सङ्कल्प बोकेर पार्टी अगाडि बढेको बताए ।

पोख्रेलले भने, ‘देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ ।’ आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै उनले भने, ‘अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । अधिवेशनका लागि हालका उपाध्यक्ष हरिराज कँडेल र पूर्वप्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकले राजनीति नगरौँ : उपमहासचिव पोखरेल

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान