सदाबहार खबरको रफ्तार ....
जेठ १०, २०८१ बिहिबार
May 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मारबाडी क्रिकेट लिगः वीरगञ्ज र लुम्बिनी लायन्स सेमिफाइनलमा

२०८१ बैसाख २९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स भैरहवा चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुई टिम समूह ‘बी’बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

समूह ‘बी’अन्तर्गत शनिबार भएको अन्तिम खेलमा वीरगञ्जले जनकपुरमाथि एक सय १३ रनको सानदार जित निकाल्दै सेमिफाइनल पुग्दा लुम्बिनीलाई भने नेपालगञ्ज वारियर्सले वाकओभर दिँदा सेमिफाइनल सहज भएको हो ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय ७० रनको बलियो योगफल बनायो । त्यसका लागि अभय रु¬ङ्गटाले ४४, रौनक केएलले अविजित ४२, गौरव अग्रवालले २० तथा सुमित कडमिया र राजन केएलले १४–१४ रनको योगदान गरे । बलिङमा जनकपुर रोयल्सका रवि अग्रवाल, आशिष सराफ, प्रविण अग्रवाल र राहुल नहरले समान १–१ विकेट लिए ।

एक सय ७० रनको उच्च योगफल पछ्याएको जनकपुर १२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनमै समेटियो । उसका लागि आशिष सराफले १८ र प्रवीण अग्रवालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न नसक्दा सो टिम फराकिलो अन्तरले पराजित भयो ।

जनकपुरलाई सस्तैमा रोक्न बलिङमा वीरगञ्जका विनित लोहियाले तीन दशमलव पाँच ओभरमा १८ रन खर्चेर सात विकेट हात पारे । यस्तै, अभय रुङ्गटाले दुई विकेट लिए । खेलमा विनित लोहिया प्लेयर अफ द म्याच भए ।

नेपाल राष्ट्रिय मारबडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेटमैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बंगालदेश जाने कबड्डी टोलीको बिदाई

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो

कोलकाता नाइट राइडर्स आइपिएल क्रिकेटको फाइनलमा

बङ्ग्लादेश र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि

सन्दीपलाई अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया

आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स भिड्दै

राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि