सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पार्टीको विवाद मिलाउने जिम्मा घुमिफिरि अध्यक्षद्धयकै काँधमा

२०७७ असार २२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संवाद मार्फत निरुपण गर्ने भएका छन्।

आइतबार भएको दुई अध्यक्षको छलफलले विवाद समाधानका लागि स्थायी कमिटीका चार सदस्यको अनौपचारिक कार्यदलले गृहकार्य गर्ने टुंगो लगाएको थियो। तर, कार्यदल मार्फत विवाद समाधन खोज्दा विषयवस्तु थप गिजोलिन थालेपछि दुई अध्यक्षले ‘वान टू वान’ मार्फत टुंगो लगाउने सहमति भएको हो। अब पार्टीभित्रका सबै विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षको काँधमा पुगेको छ।

अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो। ‘आज दुई अध्यक्ष बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गुर्नभयो। अर्को दिन फेरि छलफल हुनेगरी सकिएको छ’, अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीका विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनु हुनेछ। छलफल सकारात्मक हुँदै गएको छ।’

आइतबार विवाद समाधान गर्न महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनः सम्मेलित चार सदस्य अघोषित कार्यदल बनाइएको थियो। कार्यदलबाट समेत पार्टीभित्रको विवाद समाधान हुने नदेखेपछि दुई अध्यक्ष मात्रै बसेर मिलाउने सहमति गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

प्रतिपक्ष दलको बैठक बानेश्वरमा जारी

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ-प्रधानमन्त्री

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छः नेता डा रिजाल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने