शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: पर्साको ठोरीबाट अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
शनिबार राति ठोरी गाउँपालिका–४ स्थित गोपीबस्तीबाट करिब ३० केजी गाँजा सशस्त्र प्रहरीको सुवर्णपुरको बोर्डर आउट पोष्टले बरामद गरेको हो ।
गएराति करिब साँढे ११ बजेको समयमा ४/५ जनाको समुहले गाँजा बोकेर ल्याउँदै गरेको प्रहरीलाई देखेपछि उनीहरु गाँजा फालेर भागेको प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए ।
बरामद गरिएको गाँजालाई सुवर्णपुर प्रहरी चौकीको जिम्मा लगाइएको प्रहरी निरीक्षक मल्लले बताए ।
