काठमाण्डौः अवैध बन्दुकसहित डडेल्धुरा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार जिल्लाको आलिताल गाउँपालिका– ६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ गरेको हो।
प्रहरी चौकी आलितालको टोलीले विशेष सूचनाको आधारमा एकनाले भरुवा बन्दुक, २ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाई राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।
पक्राउ परेका निज कुँवरमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
