काठमाण्डौंः हिन्दु धर्ममा महाभारतको निकै महत्व छ । महाभारत के हो भन्ने कुुरा त धेरैलाई थाहा नै हुनुपर्छ । महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । शास्त्रमा उल्लेख भएअनुसार, महाभारतको युद्धमा लाखौं महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए ।
महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति धेरै योद्धाहरूको शव कहाँ गयो भन्ने खुल्दुली सबैलाई हुने गर्दछ ।
के छन् त तथ्यहरु ?
महाभारतको युद्धमा मरेका योद्धाहरूको शव वा अस्थिपञ्जर त्यतिबेलै जलाईएकोले भेटिएन । किनभने त्यसबेला अहिलेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैनथ्यो ।
महाभारतको युद्ध दिनको चार प्रहर सकिएसँगै रोकिने गरेको थियो । र, जोजो युद्धमा मारिएका थिए उनीहरूको शवलाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवारलाई जिम्मा लगाइने गरिन्थ्यो । एजेन्सी
