सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस बर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने इन्सेकको घोषणा

२०७७ श्रावण १६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै‌ंः यस बर्षको प्रकाश मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ ले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रकाश मानव अधिकार पुरस्कार-२०७६’ बाजुरामा कार्यरत डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गर्ने भएको हो ।

इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औँ स्मृतिमा आज पुरस्कारको घोषणा गरिएको छ । अघिल्लो वर्षहरुमा स्मृति दिवसकै दिन पुरस्कार प्रदान गर्ने गरेकोमा यसवर्ष कोरोना संक्रमणका कारण पुरस्कार वितरण समारोह पछि गरिने इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठले जानकारी दिइन्।

इन्सेक कार्यसमितिको ६ साउनमा बसेको बैठकले तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा कार्यरत डा. विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको इन्सेकले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरुलाई दिइने यो पुरस्कारबाट यसअघि २५ जना पुरस्कृत भइसकेको विज्ञप्तिमा उल्लेख छ।पुरस्कारको राशि रु. ५० हजार र सम्मानपत्र हुने जनाइएको छ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिशको सूचीलाई पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्व छनोट गरेको जानकारी दिए ।

दुर्गम बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई