सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोरङ्गबाट बिस्पोटक पदार्थ सहित विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रतिबन्धित नेकपा (बिप्लव) मोरङ जिल्ला सेक्रेटरी बिस्पोटक पदार्थ सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुढिगंगा गा.पा.-३ स्थायी बसोबास गर्ने मोरङ जिल्ला सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई मोरङ्गको बिराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित इक्राही चोकबाट पक्राउ गरेको हो ।

प्रतिबन्धित नेकपा (बिप्लव) समुह निकट युवा संगठनका सदस्य बिपिन भनिने राजु मग्रातीलाई प्रहरीले गत असोज ९ गते नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको थियो ।

सोही अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिप्लपका मोरङ जिल्ला सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा खतिवडाले कोठा भाडामा लिए बसेको मोरङ्गको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ गोठगाँउ बस्ने राजेन्द्र लिम्बुको घरको पूर्व दक्षिण तर्फको कोठा खानतलासी गर्ने क्रममा उक्त बिस्पोटक पदार्थ समेत बरामद गरेको जनाएको हो ।

यसैगरी बुढिगंगा गा.पा.-७ बाल कुमार डाँगीको साथबाट तथा निजको दाजु रत्न कुमार डाँगीको केराघारीबाट बरामद भएको बिष्फोटक पदार्थ लगायतका बस्तु सहित प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान