सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महराको स्वास्थ्यमा समस्याः हिरासत कक्षमानै अक्सिजन दिएर राखियो

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौन दुर्व्यबहारको आरोपमा सोमबार साँझ पक्राउ परी प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ ।

काठमाण्डौ प्रहरी परिसर टेकुका प्रहरी प्रमुख एसएसपी उत्तम राज सुवेदीका अनुसार पक्राउ लगत्तै महराको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।  एसएसपी सुवेदीले महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको जानकारी दिए । उनले भने पक्राउ पछि उहाँको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ । महराले पहिलेदेखी नै उच्च रक्तचाप सम्बन्धी औषधि पनि खाने गरिरहनु भएको रहेछ । एसएसपी सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्र सुरु हुने जानकारी दिएका छन्  ।

अदालत असोज २८ गते मात्र खुल्नेछ । अदालत खुलेसँगै म्याद थपको अनुमति लिने जनाइएको छ । त्यसपछि दुवै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने क्रम हुने काम हुने सुवेदीले बताए । घटनाको मुद्धा भने काठमाण्डौं प्रहरी परिसर टेकुबाटै चल्ने सुवेदीले बताए ।

अदालतको दसैं बिदा २६ असोजसम्म रहेको छ । तर पूर्वप्रधानन्यायाधीश केशब प्रसाद उपाध्यायको निधनको शोकमा २७ गतेपनि अदालतमा बिदा दिइएको छ । महराको यो वर्षको दसैं काठमाडौँको अनामनगर स्थित सिंहदरबार प्रहरी बृतमा बित्नेछ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा उक्त मुद्धा चल्ने देखिएको छ ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा सभामुखको सरकारी निवाश बालुवाटारबाट पक्राउ परेका महराले आईतबार राती नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रहरीले उनले नियमित तथा फरेन्सिक दुबै तरिकाबाट स्वास्थ्य जाँच गरेको हो । सिंहदरबार बृतको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वास्प्रश्वास समस्या पनि देखिएको छ । उनलाइ सामान्य हिरासत कक्षमानै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ । दसैं विदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकाले अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो । बानेश्वर बृतका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रङको स्कर्पियो गाडीमा महरालाइ लिनका लागि सभामुखको सरकारी निवाश प्रवेश गरेको थियो ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीसँग यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख महरालाई पक्राउ गर्न काठमाडौ जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल