काठमाण्डौः नेपालमा कोरोनाभाइसर फैलिन नदिन जारी निषेधाज्ञाबिच काठमाडौं उपत्यकाको सडकमा नयाँ चमक देखिन थालेको छ ।
सडकमा छेउछाउका बिरुवाहरू समेत हरियो र सफा देखिएका छन् । सडक छेउका फूलहरू पनि निर्धक्क फुलेको देखिन्छ । पछिल्लो समय साउनयता तीनकुने, बानेश्वरदेखि माइतीघरसम्मको दृष्य मनोरम छ । उपत्यकामा सडकहरू सुन्दर देखिएका छन् ।
काठमाडौंका सिंहदरबार, माइतीघर, बबहरमहल, बानेश्वर, तीनकुने, पुतलीसडक, रत्नपार्क, बालाजु सोह्रखुट्टे लगायतका सडकहरूमा सडक विभागले जेब्रा क्रसिङ, रोड मार्किङ गरेकोले आकर्षण मनोमहक देखिएको छ ।
राजधानीका ताजा तस्वीरहरू हेर्नुहोसः

