सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रेमा वडा अध्यक्ष अपहरणको प्रयास गर्दै विप्लव समुह

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: आफुलाइ नेकपा बिप्लप समुह बताउने केहि ब्यक्तिहरूले काभ्रेको रोशी गाँउपालिका ३ का वडा अध्यक्षमाथि अपहरणको प्रयास गरेका छन् ।

गत सोमबार राती सवा १० बजेको समयमा घरमा सुतिरहेको बेला वडाअध्यक्ष धनजित लामाको अपहरण गर्ने उनीहरूले प्रयास गरेका हुन् ।

वडा अध्यक्ष लामाको भनाइमा राती सुतिरहेको बेला एक्कासी घरमा दुई जना अपरिचित ब्यक्तिले ढोका खोल्न आग्रह गरेको र त्यसपछी उनिहरुले आफु विप्लव समुहको कार्यकर्ता भएको बताएको र वडा कार्यालयमा आगजनी गर्ने समेत धम्की दिएको बताएका छन् ।

गाउँपालिकाका विभिन्न योजनाहरुमा धेरै भ्रष्टाचार गरेकोले हामीसँग हिड्न र अनुसन्धान गर्न दबाब दिएको वडाअध्यक्ष लामाले बताएका छन् । आफ्ना बाबुलाई धम्कि दिएको देखेर छोरी एलिसा लामाले गाँउलेसँग  गुहार मागेपछि उनिहरु त्याहाँबाट फरार भएका थिए ।

घटना भएको केही बेरपछी राति नै वडाअध्यक्ष लामाले प्रहरी चौकी खहरेपाँगुमा पुगेर उजुरी दिएका थिए । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको जनाएको छ ।

यद्दपी घटनामा संलग्न विप्लव निकट होकी होइनन् भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरी सहायक निरीक्षक सुवास बैठाले जानकारी दिएका छन् । नेकपा विप्लव समुहका सक्रिय स्थानीय नै अपहरणमा संलग्न भएको वडा अध्यक्ष धनजित लामाको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान