सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँचथर कारागारमा सुँगुरको मासुले ३ कैदीको ज्यान गयो

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पाँचथर कारागारमा रोगी सुँगुरको मासु खाँदा ज्यान गुमाउने कैदीको संख्या ३ पुगेको छ ।

दशैको अवसरमा सुँगुरको मासु खाँदा बिरामी परेका पाँचथर फालेलुङ ६ का सुन्दर राईको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको हो ।

गत असोज १९ गते राति कारागार भित्रै सुँगुरको मासु खाँदा गम्भिर बिरामी परेका अन्य चार जनामध्ये फालेलुङ गाउँपालिका ८ का २५ वर्षीय बुद्धि केरुङको जिल्ला अस्पतालमा असोज २० गते उपचारको क्रममा ज्यान गएको थियो ।

त्यसैगरी फिदीम नगरपालिका १० का ३४ वर्षीय जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा सोही दिन ज्यान गएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले जनाएका छ्न् ।
मृतक सुन्दर राईको शव पोष्टमार्टम पछि सोमबार परिवारलाई जिम्मा लगाइने पाँचथर प्रहरीले जनाएको छ ।

आइतबार ज्यान गुमाएका राई विगत ६ बर्षदेखि र केरुङ ३ वर्ष अघिदेखि जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने मृतक जवेगु कर्तव्य ज्यानको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेको कारागारका प्रमुख मुखियाले जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल