सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राहत वितरण गर्न चेपाङ्ग बस्ति पुग्यो लायन्स क्लब हेरिटेज धरहरा (फोटो फिचर)

२०७७ माघ १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” ले मिलिजुली तमु (गुरुङ्ग) समाज काठमाडौंको सहयोगमा एवं  धादिङको फेदीखोला समाज युकेको सहकार्यमा बेनीघाट रोराङ्ग गाउँ पालिका,२-चोतेस, धादिङ मा अवस्थित बिकट चेपाङ्ग बस्तिमा जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

लायन्स क्लब अफ् काठमाण्डौ हेरिटेज धरहराको आर्थिक सहयोग एवं आयोजनामा “न्यानो ल्होसार” अन्तर्गत जाडाेयामको समय पारेर लत्ताकपडा एव‌ खाद्यान्न सहयोग गरेको हाे । धादिङका उपल्लो भेगमा रहेका करिब ६० भन्दा बढी घरपरिवारका करिब ६०० जनाको लागि शनिबार तातो न्यानो कपडा वितरण गरेको हाे ।

जाडोकाे कपडाहरु सिरक ,टोपी,चप्पल/जुत्ता कोल्गेट लगायत मेडिकल एवं स्टेशनरी सामान सहित बिभिन्न राहत सामाग्री बितरण गरेकाे पाइएको छ । कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” का अध्यक्ष प्रसाद गुरुङले बताउनु भएको छ । तातो न्यानो कपडा लगाउन पाउँदा स्थानीय निकै खुसी रहेको स्थानीयकाे भनाइ रहेको छ ।

बेनीघाट रोराङ्ग गाउँपालिका,२-चोतेस, धादिङमा अवस्थित वागेश्वरी आधारभुत विद्यालय प्राङ्गणमा आयोजित राहत वितरण कार्यक्रममा “लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा” का सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विभागहरु गठन गरी उक्त राहत कार्यक्रमलाई सहजता प्रदान गरिएको उक्त क्लबका बरिष्ट उपाध्यक्ष राजाराम थापा राजनले बताउनुभयो । कार्यक्रम सब्य र भब्य भएकोमा स्थानिय जनता खुशीले गदगद भएका थिए ।

“लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहरा”ले यस बर्ष मात्र करिब एक दर्जन सामाजिक कार्य गर्दै आईरहेको जनाएको छ । नयाँ बर्षको आगमनसँगै काठमाण्डौंको तारकेश्वर स्थित भ्यू प्वाईन्टमा २ सय विभिन्न जातजातिका ५ सय फलफुलका बिरुवाहरुको बृक्षारोपण गरेको क्लबले रक्तदान, सरसफाई, आर्थिक विपन्नलाई सहयोग एवं विभिन्न कष्टकर जिवन बिताईरहेका करिब ६०० जना विगट चेपाङ बस्तीका विपन्न ब्यक्तिहरुलाई सहयोग गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना