काठमाण्डौं: नेपाल ल क्याम्पसले शैक्षिक सत्र २०७६/ ७७ को लागी स्नातक एलएलबी प्रथम वर्षमा आवेदन खुल्ला गरेको छ ।
विगतमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना लिँदा व्यवस्थापनमा समस्या आएको बताउदै नयाँ शैक्षिक सत्रको लागी क्षमता अनुसार ३ सयजना भर्ना लिने क्याम्पसले निर्णय गरेको हो ।
त्रिविवि कानुन सङकाय डीन कार्यालयले तीन सय जना भर्ना लिन निर्देशन भएपछी ल क्याम्पसले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन बर्षे एलएलबीमा भर्नाको लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ ।
नेपाल ल क्याम्पको सोमबार जारी गरीएको सूचनामा जनाइए अनुसार मंसिर १० गतेदेखि २५ गतेसम्म प्रवेश परीक्षा फाराम भरी सक्नुपर्ने छ ।

