काठमाण्डौ: मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ।
सोमबार स्थिर रहेको नेप्से सातामा भएको कारोबारमा आइतबार दोहोरो अंकले गिरावट आएको हो ।
मंगलबार शून्य दशमलव ९१ अंकले घटेर परिसूचक १ हजार १ सय ९ दशमलव १६ अंक कायम भएको छ।
१ सय ६५ वटा कम्पनीको ११ लाख ३४ हजार कित्ता ३ हजार ८ सय ४१ पटक किनबेच हुँदा २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।
उपसूचक क्रमशः शून्य दशमलव ८३, १९ दशमलव ०२ र शून्य दशमलव ८५ अंकले बैंकिङ समुह, व्यापार समूह र जलविद्युत समुहको बढेको छ् भने अन्य सबै समूह उपसूचक घटेको देखिन्छ ।
५ करोड ८१ लाख ९७ हजार रुपैयाँ बराबर रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक प्रोमोटरले सेयर कारोबार भएको छ ।
कारोबारमा सबैभन्दा धेरै युनियन हाईड्रो पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६६ प्रतिशतका दरले गुमाएको देखिन्छ ।
