सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जाडो भयो बदाम खाने हो ? बदाम खानुका फाइदै फाइदा (टिप्स सहित)

२०७६ मंग्सिर २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जाडो मौसममा बदाम अधिकांशलाइ मन पर्छ । नेपालीहरू जो कोही बदाम खान रुचाउने गर्दछन् । जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ । बदाम खानु स्वादका हिसाबले त मीठो हुन्छ नै साथै मानव स्वास्थ्यका लागि पनि अत्यन्तै फाइदाजनक मानिन्छ ।

नेपालमा सबैतिर उपभोग गरिने खाद्य पदार्थमा बदाम पर्दैन । तर हाल आएर कतिपय साना उद्योगहरूले निकै ठुलो मात्रामा बदाम प्रशोधन गर्ने र प्याकिङ गर्ने काम गर्न थालेका छन्। गत दुई दशकमा नेपालका विभिन्न भागका किसानहरूले नगदे बालीका रूपमा उल्लेख्य मात्रामा बदाम खेती गर्न थालेका छन्।

बदाम प्रोटिनको श्रोत मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ । जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो।

यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ। जाडो मौसममा खाइने बदामका फाइदाहरु निम्नानुसार छन् :

१. तौल घटाउनः बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भएकाले अन्य क्यालोरि युक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्याउने गर्दछ । बदाम खाँदा तौल घट्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

२. क्यान्सरबाट जोगाउनः बदामको नियमित सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत बच्न सकिन्छ । बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले मानिसमा हुने ट्युमरलाइ समेत नियन्त्रण गर्दछ ।

३. कोलेस्टोरलमा नियन्त्रणः बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न मद्दत गर्छ । यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

४. मधुमेहबाट जोगाउँछः बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ । तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ ।

५. डिप्रेसनका लागि उपयोगीः बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसन विरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी मानिन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस वा तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम मानिन्छ ।

६. शिशु स्वस्थ बनाउनः बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ । तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन् ।

७. अन्य विषयमा पनि उपयोगीः बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ । साथै बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन् । जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट समेत जोगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार