काठमाण्डौं : राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परिक्षा बोर्डको मंसिर ३० गतेको निर्णय अनुसार २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडबृद्धि, तथा प्राविधिक) ‘एसईई’ २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुने छ ।
उक्त परिक्षा विहान ०८ः०० बजेदेखी ११ः०० बजेसम्म सञ्चालन हुनेछ ।
परिक्षा तालिका तल देखाइएको छ ।

