काठमाण्डौः नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर ६३ वर्ष कायम गर्न सरकारसँग माग गरेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापा तथा महासचिव लक्ष्मी किशोर सुवेदी नेतृत्वको टोलीले मंगलवार शिक्षा सचिव महेश दाहाललाई मन्त्रालयमा भेटी उमेर हद बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विभिन्न आठ सुत्रिय माग लिएर शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको महासंघको पदाधिकारीको समूह शिक्षामन्त्री नभेटेपछी उक्त मन्त्रालयका सचिव महेशप्रसाद दहाललाई उक्त मागपत्र सहितको ध्यानाकर्षण पत्र बुझाएर फर्केको थियो ।
महासंघले मन्त्रालय समक्ष बुझाएको पत्रमा शिक्षा मन्त्रालय र आफुहरुबीच विगतमा भएको ३० बुंदे सम्झौता अक्षरसः लाग हुने गरी राष्ट्रिय शिक्षा ऐन एवम् नियमावलीमा प्रबन्ध गर्न माग गरेको छ ।
त्यस्तै महासंघले दश वर्ष सेवा गरेका स्थायी शिक्षकको लागि आवधिक बढुवाको प्रबन्ध र बढुवाको अनुपात वृद्धि गरी विशिष्ठ श्रेणीको समेत व्यवस्था गर्न माग गरेको छ ।
यस्तो छ शिक्षा मन्त्रालयमा महासंघले बुझाएको मागपत्रः


