काठमाण्डौः कैलालीको धनगढी उपमहानगरपालिकाले शीतलहरका कारण चिसो बढेपछि दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल शिक्षक महासंघ, प्याब्सन र एन प्याब्सनसँगको छलफलपछि उपमहानगरले दुई दिन माध्यमिक तहसम्मका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शनिबार पुनः छलफल गरी मौसमी अवस्थाअनुसार अर्को निर्णय गरिने उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले जानकारी दिइन्।
यसअघि कञ्चनपुरको भिमदत्त नगरपालिकाले पनि आज र भोलिका लागि माध्यमिक तहसम्मका सबै शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । भिमदत्त नगरपालिकाले बुधबार नै सो निर्णय गरेको हो ।
