सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन

२०८१ बैसाख १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ । आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले भनेको छ- ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।’

साथै आयोगले मतदान अघिको ४८ घण्टादेखिनिर्वाचन आचारसंहिता अनुसार निषेध गरिएका कार्यहरु हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

डा. लावतीको संयोजकत्वमा बन्यो पहिचानवादी मोर्चा, जसपाको खास धार आफूहरू भएको दाबी {पत्रसहित}