सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८१ बिहिबार
May 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ब्रिटिस काउन्सिलले सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास (लैङ्गिक र समावेशी) कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको रोहवरमा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि बोल्दै उपप्रमुख डंगोलले, लिङ्गका आधारमा हुने हिंसा अन्त्यका लागि महानगरपालिकाले नीतिगत प्रबन्ध, कार्यक्रम तथा योजना तर्जुमा गरेर काम गरिरहेको बताइन् । ‘लिङ्गका आधारमा हुने हिंसा अन्त्य गराउन वडा वडामा महिला सञ्जाल गठन गरेका छौँ । गृहिणी महिलाहरुलाई उद्यमी बनाउन एक वडा, एक उद्यम कार्यक्रम सञ्चालन गरेका छौँ ।’ उनले भनिन्, ‘महिलाहरुलाई आय आर्जन गरेर परनिर्भरता घटाउने र रोजगार, स्वरोजगार, उद्यम तथा सामाजिक क्रियाकलापमा सक्रिय बनाउने कार्यक्रमको लक्ष्य हो ।’

सहमतिबमोजिम आउँदो १ बर्ष सञ्चालन हुने कार्यक्रमको नतिजा हेरेर त्यसपछिका कार्यक्रमका बारेमा निर्णय लिनेछौँ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘सहकार्यबाट महिलाहरुको व्यक्तिगत, पारिवारिक तथा सामाजिक अवस्थामा सुधार आउने विश्वाश लिएका छौँ ।’

समावेशी समाज निर्माण तथा महिलाहरुको सशक्तिकरणका लागि महानगरपालिकासँग मिलेर काम गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै कन्ट्री डाइरेक्टर म्याकडुगलले भनिन्, ‘महिलाहरुको व्यक्तित्व विकासदेखि सामाजिक तथा व्यावसायिक नेतृत्व विकासमा परिवर्तन आउने कार्यक्रमको लक्ष्य हो । यसमा स्थानीय स्तरदेखि अन्तरराष्ट्रिय स्तरसम्मका कार्यक्रम सञ्चालन हुनेछन् ।’

विश्वका महिला (डब्लुओडब्लु) कार्यक्रमअन्तर्गत हुने नेपाल फेस्टिभलमा, लैङ्गिक समानताको महत्वका विषयमा ८ हजार महिलालाई सहभागी गराउने लक्ष्य राखिएको छ । यस्तै, लैङ्गिक संवेदनशीलताका विषयलाई व्यवस्थित गर्नका लागि २ सय जनालाई सिप प्रदान गरिनेछ ।

अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ । यसबाट महिला विश्व सम्मेलनमा भाग लिने अवसर प्रदान गरिनेछ ।

विश्वका महिला फेस्टिभल (वुमन अफ द वल्र्ड फेस्टिभल) मा सहभागी महिलाहरुले समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । यस्तै युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा महिला चलचित्रकर्मीहरुका लागि अवसर उपलब्ध गराइनेछ ।

सहमतिबमोजिमका कार्यक्रम सम्पदा तथा पर्यटन विभागले सञ्चालन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

डा. लावतीको संयोजकत्वमा बन्यो पहिचानवादी मोर्चा, जसपाको खास धार आफूहरू भएको दाबी {पत्रसहित}

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोज शर्माको इजलासमा

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

पाँच बर्षदेखी नवीकरण नभएका हतियार बुझाउन काठमाण्डौं प्रशासनको आदेश

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने