सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।”

नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए ।  नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते