सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल र कतारबीच वार्ता सुरू

२०८१ बैसाख १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको हो ।

दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान एक्लाएक्लै वार्ता भएको थियो। द्विपक्षीय भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन्। नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

यसै गरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । बुधबार नै प्रधानमन्त्री प्रचण्डले कतारी राजा थानीका सम्मानमा होटेल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन् । कतारी राजा थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

डा. लावतीको संयोजकत्वमा बन्यो पहिचानवादी मोर्चा, जसपाको खास धार आफूहरू भएको दाबी {पत्रसहित}

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोज शर्माको इजलासमा