सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

२०८१ बैसाख २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सातजना श्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो । उहाँहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिने गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

त्यसैगरी, गण्डकी प्रज्ञा–प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुनु हुने भएको छ । उहाँलाई नगद रु ५० हजारका साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रबिन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई सम्मान गरिने भएको छ । उहाँहरूलाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

सम्मानित व्यक्तित्व छनोटका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र मनकुमार श्रेष्ठ रहनुभएको समिति गठन गरिएको थियो । स्रष्टाहरुलाई बैशाख २९ गते शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमबीच सम्मान गरिनेछ । वार्षिकोत्सवका अवसरमा स्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापनादेखि हालसम्मका गतिविधि समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनाका साथै विभिन्न झाँकीसहित सांस्कृतिक प्रस्तुति रहने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुुभयो । साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०७८ साल वैशाख १५ गते प्रतिष्ठान स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा