सदाबहार खबरको रफ्तार ....
बैसाख १७, २०८१ सोमबार
April 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

२०७८ माघ १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ । मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नुहुने भएको छ । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल १० रनले पराजित

वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले हाने अर्धशतक

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

वेस्ट इन्डिज ‘ए’ ले टस जित्याे, नेपाललाई बलिङकाे निम्ताे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

नेपालले पहिलो विकेट गुमायो, अनिल शाह आउट