सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

२०७८ माघ १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

सुरुआती दुई सेट क्रमशः ६-३ ६-२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३-६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६-३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।

नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।

दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र  विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल १० रनले पराजित

वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले हाने अर्धशतक

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

वेस्ट इन्डिज ‘ए’ ले टस जित्याे, नेपाललाई बलिङकाे निम्ताे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

नेपालले पहिलो विकेट गुमायो, अनिल शाह आउट